सप्तरी , ११ चैत ।                                              उमेश कुमार साह                                       लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य तथा पिछडा वर्ग महासंघ केन्द्रीय प्रवक्ता उपेन्द्र साहले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबार स्थानिय संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता साहले आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने तयारी भएको बताउनुभयो । विविध कारणले विगतमा नगरवासीले चाहे अनुरूपको विकासको स्वाद लिन नपाएको बताउँदै नेता साहले नगरवासीको त्यो अधुरो चाहना पुरा गर्न स्पष्ट योजना र तयारी सहित नगरप्रमुख पदमा उमेदवारी दिने योजना रहेको जानकारी दिनुभयो ।

लोसपा नेपालका केन्द्रिय नेता साहले ३ पृष्ठको कार्यपत्र सार्वजनिक गर्दै डाक्नेश्वरी नगरपालिकाको नेतृत्वले गएको पाँचबर्षमा गरेको कमि कमजोरीहरुको विभिन्न ८ वटा टिप्पणीहरू गर्नुभएको छ । आफुसँग ति कमि—कमजोरीहरु दुर गर्ने र नगरलाई सुन्दर एवं विकसित वनाउने स्पष्ट नीति सहित आफु जनसमछ जानलागेको बताउनुभयो ।

२०३६ सालदेखि मधेसी आन्दोलन सँग जोडिएका साह पिछडा वर्ग महासंघको सप्तरी जिल्ला अध्यक्ष पदमा कार्य गरिसकेको राजनीति अनुभव बटोली लोसपा नेपालका प्रारम्भिक कमिटी हुँदै राजनैतिक यात्रा सुरु गर्नु गरेका ब्यक्ती हुन् । ।