उमेश कुमार साह

१३ चैत्र ,शनिबार बोदे बर्साईन
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर २ रहमतनगरमा रहेको जामियातुल ईजाम अल बोखरी कम्प्लेक्सको शैक्षिक बार्षिक कार्यक्रम सम्पन्न भएको छ। एक कार्यक्रमको बीच राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह अतिथिहरूमा नेपाल वेलफेयर एन्ड एजुकेसन सोइसाईटीको उपाध्यक्ष तथा पुर्व सान्सद मुखतार अहमद , अब्दुल करिम , कमरुल हक अन्सारी , इवराहिम अन्सारी , नेपाल इज्तिमा समिति अध्यक्ष मोहम्मद गफुर , जसपा नेपाल बोदे बर्साईन नगर कमिटी अध्यक्ष अरुन कुमार यादव ,नेकपा एमालेको प्रदेश कमिटी सदस्य मोहम्मद इस्लाम, मो शेराज, लोसपा नेपालका नेता अमरेन्द्र प्रसाद यादव , बोदे नर्साईन न पा ५ को वडा अध्यक्ष मोहम्मद मजेबुर रहमान  लगायत सयौं संख्यामा बिद्यार्थी, अभिभावक, मोलनाहरूहरुको उपस्थित रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य हाफिज मोहम्मद ओली उल्लाहले ब्यक्त गर्दै कार्यक्रम सहभागी सम्पूर्ण अतिथिलाई स्वागत गरेको थियोे । कार्यक्रमको सभापति जामियातुल ईमाम अल बोखारी कम्प्लेक्सको अध्यक्ष मैलाना मोहम्मद रजाउल्लाह मद्नी रहेको थियो।

सो कार्यक्रममा नेपाली भाषामा असलम यासिनले शिक्षक संस्थाको बारेमा उल्लेख गरेका थियो भने , अग्रेजी भाषामा अरमान तैयव , उर्दुमा भाषामा फरहान तैयब , अरबी भाषा मा इनामुल हकले प्रस्तुत गरेका छन ।कार्यक्रमको उद्घोषणा मधेस मिडिया मिसन लहानको सम्बादाता मोहम्मद रहमुल राईन रहेको थियो । २०५६ सालमा स्थापना भएको यस कम्प्लेक्सले नेपालको विभिन्न जिल्लाका विद्यार्थी हरुलाई विभिन्न भाषाको शिक्षण गरिरहेको छ। लगभग २ बिगहामा रहेको यस संस्थाले दर्जनौं विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मोहम्मद ओली उल्लाहले बताए ।