मधेशटप, चैत १४ गते ।

जनकपुरधाम : धनुषा जिल्लाको  मिथिला नगरपालिका १ लक्ष्मिनिवासले वडाभित्रका ज्येष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएकालाई सम्मानित गरेको छ ।

वडाले विपत्त व्यवस्थापन कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका  पाँचसय जनालाई सोमबार  कार्यक्रममा  सम्मानित गरेको हो ।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महताले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो । सम्मान कार्यक्रमका क्रममा नगर प्रमुख महतोले समाज रूपान्तरणमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाले खेलेको भूमिका अतुलनीय रहेको उहाँले बताएका छन ।

सरकारले सबै पक्षलाई सम्बोधन गर्दै देशमा स्थायित्व विकास र समृद्धिमा अगाडि बढिरहेको उहाँले चर्चा गर्नुभयो । सोही अवसरमा मिथिला नगरपालिका –१ का वडा अध्यक्ष लक्ष्मी महतोले समाजका सबै पक्ष एक भएर विकास र समृद्धिको यात्रामा अगाडि बढनुपर्ने बताएका छन।

विकास निर्माणका कार्यसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाको संरक्षण र सम्मानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेको उनले बताए । कार्यक्रममा सम्मानित हुनुभएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाले खुशी प्रकट गर्नु भयो ।