रञ्जन भण्डारी,

 

महोत्तरी,१५ चैत्र ।

 

मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष तथा हिरो अफ मधेशका संयोजक मोहन सिंहले हिरो अफ मधेश एवार्डको लागि स्थानिय स्तरमा महोत्तरीका दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख चयन भएको बताएका छन ।

उनले मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल,बर्दिवास नगरपालिकाका नगरप्रमुख विदुर कार्की र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सिता देवी साहलाई चयन गरिएको बताए ।

 

हिरो अफ मधेशमा फर्म भरेर सदस्यता हासिल गरेकाहरुको मतको आधारमा उक्त निणर्य गरिएको सिंहले वताए ।

 

नया पुस्ताको कामलाई प्रोत्साहन र प्रवद्र्धन गर्न तथा समाजमा भएका सकारात्मक परिवर्तनलाई उजागर गर्न गठित हिरो अफ मधेश एवार्डको लागि देशैभरिमा उक्त एवार्ड दिने निणर्य गरिएको बताए ।

 

उनले हिरो अफ मधेश एवार्डको लागि झापा,मोरंग,सुनसरी,उदयपुर,सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा,पर्सा,चितवन,नवलपरासी, रुपन्देही, कपिलवस्तु,दांग,बांके,बर्दिया,कैलाली,कंचनपुर र काठमाडौंमा विभिन्न स्थानिय तहका जनप्रतिनिधी,समाजसेवी लगायतका लाई चयन गरिउको बताए ।

 

उक्त एवार्ड राष्ट्रिय स्तरमा एकजना र प्रदेश स्तरमा एक एक जनालाई समेत प्रदान गरिने उनले बताए ।