मधेशटप, चैत १५ गते ।

जनकपुरधाम : आज देखी ४४ दिन मात्र बाकी दिन् सरकारले स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणासँगै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको   चुनावी चहलपहल शुरु भएको छ ।

जसपा नेपालका क्रियाकलाप बढ्नुको साथै गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले दावी गरेका छन । चुनावी चहल पहल अन्तर्गत मंगलबार तिलाठी कोईलाडी गाउँपालिका जसपा नेपालका तर्फ बाट गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्ष पदको लागि इच्छुक समेत रहेका छन ।

नबनित  झाले सम्भावित गाउँपालिका अध्यक्ष भन्ने बिषय अहिले चर्चामा छन । आफ्नो   नेतृत्वको विचमा भेटधाट,ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारी दावी गर्नेहरुको नामावली समेत धोषणा गरेका छन ।

सो अवसरमा तिलाठी कोईलाडी गाउँपालिकामा जसपा नेपालको  चुनावमा नबनित झाको  विजय सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता जसपा नेपालका  स्थानिय नेताहरुले गरेका छन ।

सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा तिलाठी कोईलाडी गापाको ८ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको दावी समेत झाले गरे ।

सो अवसरमा भेटधाट,छलफल तथा निर्वाचन अन्र्तक्रियामा गापाका अध्यक्ष पदका आकांक्षी विगत संघीय समाजवादी फोरम, तात्कालिक राजपा हुदै जसपा सम्म पार्टीका हकहितका लागि अटल रही अगाडी बढ्ने सोचले यसपालि अध्यक्षको  लागि  नबनित झा,साथै भर्खरै राजपा बाट प्रवेश गरेका निरज कुमार निरज(मुक्ति ) सुजित सिंह (गडू),पछिल्लो चुनावमा समेत चुनावमा सामेल भएका सत्यनारायण मुखिया ,बर्तमान राजपा बाट निर्वाचित गाउँपालिका  उपध्यक्ष् सुचिता यादवले फेरी यस पटक जसपा नेपालबाट  चुनाब लड्ने  घोषणा गरेकी छिन,अझ २  वटा उपाध्यक्ष र २० वडा अध्यक्षले उम्मेदवारी दर्ता गराएका  छन ।

सरकारले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता १६ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।

झाले भने अन्तिम टुंगो लाग्न बाकी नै छ पार्टीले जिम्मेवारी दिए जित सुनिश्चित हुन्छ नै ।