काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो । उनीहरू वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन् । उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए । घिसिङले मोटरसाइकलमा सुष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए । बा ४ ख ६९६५ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

चालकले टिपर ब्याक गरेको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक तामाङका तनावको  स्थिति सिर्जना भएको थियो।