काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँको २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअुनसार आवेदन नपरेमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्