जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका  स्थित बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ ।

विहिबार ११:३० बजे  लक्ष्मीनियाँ गाउँपालिका १ को जानकी प्लास्टिक  नजिकै स्कूल बसले ठक्कर दिएपछि मोटरसाईकल चालकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

पुष्पबाटिका स्कुलको बसले अगाडीबाटै ठक्कर दिँदा मोटरसाईक चालक क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

महेन्द्रनगर हुँदै जनकपुरधाम  तर्फ जाँदै गरेको लक्ष्मीनियाँमा  प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।

ठक्कर दिने बसका चालक फरार भएकाले खोजी भइरहेको तथा यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।