उमेश कुमार साह , १९ गते शनिबार 

बोदे बर्साईन: एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ता गराएका छन ।(एकिकृत समाजवादी) पार्टी नेपालबाट बोदे बर्साईन नगरपालिका वडा नम्बर १ बस्ने युवा नेता पुशपेन्द्र साहले उमेदवारी दिने भएका छन।

– बोदे बर्साईन क्षेत्रको बिकास र परिर्वतनका लागि मेरो उम्मेद्वारी हो । युवाको भावनालाई प्रतिनिधित्व गर्न हो, बोदे बर्साईनमा विकासको आमुल परिवर्तन गरेर नेपालकै पहिलो र नमुना शहर निर्माण गर्न, बोदे बर्साईन नगरपालिकाले युवा नेतृत्व र विकास चाहेको छ, यसकारण मेरो उम्मेद्वारी हो ।
– जित्नका लागि हाम्रा गतिला आधार छन् । पार्टीमा उम्मेद्वारी तथा निर्वाचनको बिषयमा ऐतिहासिक अभुतपूर्व एकता भएको छ यो पहिलो आधार हो । बोदे बर्साईन नगरवासीले अव बिकास चाहेका छन् र बिकासप्रेमी नेतृत्व चाहेका छन् । बिकासको निम्ति पहुँच भएको तथा सबै जाति, वर्ग समुदायलाई एकैसाथ लिएर अघि बढ्न सक्ने पृष्ठभूमि ममा छ । यस अघि समेत कुनै सार्वजनिक पदमा नरहेपनि बोदे बर्साईनका ठूला–ठूला योजनामा म आफ्नो ब्यक्तिगत र वजेट ल्याउन पहल गरेको कुरा बोदे बर्साईन नगरवासीलाई थाहा छ । बोदे बर्साईन नगरपालिकाले अब युवा नेतृत्व चाहेको छ ।

– चुनौति धेरै छैन । म दुई महिनादेखि जनताको घरदैलौमा छु । हाम्रो पक्षमा जनमाहोल छ । मैलो जित्दै गरेको कुरा अन्य पार्टीको नेतृत्वले बुझिसकेका छन् । म बिजयी हुने कुरामा कुनै द्विविधा छैन । प्रतिपक्षका नेतृत्व पराजित मानसिकतामा पुगिसकेको र अस्वस्थ प्रतिस्पर्धामा लागेका छन् । यो अस्वस्थ मानसिकतासँग प्रतिस्पर्धा गर्नु नै मेरो अहिलेको चुनौति हुन जान्छ ।
– म बिजयी भएमा मेरो पहिलो प्राथमिकता भनेको बोदे बर्साईनको विभिन्न सडक दुई वर्षभित्रमा कालो पत्रे गरिसक्ने हो । विभिन्न सडकलाई भारतको बोडर सम्म जोड्ने त्रिदेशीय कुटनीतिक द्रुत मार्गको रुपमा बिकास गर्ने छु ।बोदे बर्साईन नगरपालिकाबाट बाहिर रहेका आम बोदे बर्साईन नगरवासीको वृहत सहभागितामा बिकास सम्मेलन आयोजना गरि बोदे बर्साईन बिकास मञ्च गठन गर्ने छु, यही बिकास मञ्चमार्फत विश्वका विकसित नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने र ठूला–ठूला बिज्ञान प्राविधिक, आर्थिक तथा बिकास योजना भित्र्याउने र देशकै पहिलो नमुना शहर बनाउने लक्ष्य राखेको छु । दुई बर्ष भित्रमा बोदे बर्साईनमा पार्क निर्माण गर्ने मेरो मुख्य योजना रहेको छ । बोदे बर्साईनको दुवैतिर रहेका खडक र बलान खोलाको कटान नियन्त्रण गरि यसबाट निस्केको जग्गामा औद्योगिक कोरिडोर निर्माण गर्ने छु । बोदे बर्साईन नगरको चक्रपथलाई ग्रिन बेल्टको रुपमा बिकास गर्ने योजना रहेको छ ।


बोदे बर्साईन नगर क्षेत्रका प्रत्येक धर्म, संस्कार, संस्कृति, मौलिक संरक्षण र सम्बर्दन समानताका आधारमा अघि बढाउन, नगरमा हुने चन्दा आतंक, भ्रष्टाचार मुक्त क्षेत्रको रुपमा बिकास गरेर पारदर्शी बनाउन र बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ता सहज बनाउन मेरो उम्मेद्वारी हो ।
– म विद्यार्थी छँदादेखि नै बोदे बर्साईन नगर भित्रको हरेक सामाजिक गतिविधिमा निश्वार्थ रुपमा संलग्न भएर काम गरेँ । कहिल्यै आफ्नो अर्काको भनी भेदभाव गरिनँ, यसलाई नै मैले आफ्नो जीवनको आदर्श सम्झिएको छु ।

नगरलाई सुन्दर, सफा, स्वच्छ, आधुनिक, हरित शहर निर्माण गर्ने योजना सहित मेरा उम्मेद्वारी आएको हो ।
मेरो पहिलो जित्ने आधार भनेको हामी फरक धारको एकताबाट आएका छौँ, हामीबीचको एकताले नै मलाई जिताउने छ । मेरो उम्मेद्वारीमा अन्य सिंगल पार्टीको भन्दा हाम्रो बलियो उपस्थिती रहेको छ । दोस्रो आधार भनेको सामाजिक धरातल नै हो । म आम आदिवासी जनाजाति, महिला मुश्लिम, मधेशीको प्रतिनिधित्वको रुपमा रहेकोले यो समुदायको साथ मलाई रहने छ ।
– मेरो पहिलो चुनौति भनेको प्रचारप्रसारमा कमी छ । धेरै पार्टी एकता गर्दा उम्मेद्वारी दिन केही ढिलो भयो । हाम्रो एकता के का लागि भनेर जनतासम्म जाने र चुनाव चिन्ह स्पष्ट बुझाउने कुरामा समस्या छ । यो अर्को चुनौति हो । केही ठूला पार्टीहरुको लामो समयदेखिको दबदबा छ । यो दबदबालाई चिर्दै अघि बढ्नु मेरो चुनौति ठानेको छु ।
– “भौतिक योजनाको सुनिश्चितता, अबको विकास आर्थिक बिकास” भन्ने हाम्रो मूल नारा हो । “अरुले गर्छन् कुरा हामी गर्छौ पूरा” भन्ने हाम्रो पहिलो एजेण्डा हो । हामीले नगरमा जनतालाई आफ्ना एजेण्डा बुझाएर हाम्रो पालामा नै समृद्धि सम्भव छ भन्ने बुझाउँदै विकास निर्माणलाई उच्च प्राथमिकता दिनेछु । संघीयता, जातीय विभेद र वर्गीय विभेद अन्त्य गर्दै बोदे बर्साईन नगरलाई नमूना शहर बनाउन म लाग्नेछु ।