उमेश कुमार साह, २० चैत्र आइतबार 

नेपाल पत्रकार महासंघ सप्तरी शाखा उपाध्यक्ष तथा उधोग वाणिज्य संघ सप्तरी राजबिराजका कार्यकारिणी महिला सदस्य अम्बिका दहाललाई पितृ शोक परेको छ ।

पत्रकार उपाध्यक्षका बुबा दिप बहादुर दहालको ९० बर्षको उमेरमा सोमवार निधन भएको हो । लगभग ४/५ बर्ष अगाडि सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ११ हाल ललितपुर उपमहानगरपालिका वडा नम्वर २४ धपाखेल निवासी दिप बहादुर दहालको निधन भएको परिवारले जनाएको छ ।

लामो समय देखी शिक्षण पेसामा रहि प्राध्यापक सेवा निबृत (अवकाशप्राप्त ) भइ कमला औद्योगिक डिस्टिलरीका महाप्रबन्धकको रुपमा समेत रहेका थिए । दिप बहादुर दहालका श्रीमती, तिन छोरा र चार छोरी रहेकाछन् । सप्तरी उधोग वाणिज्य संघ राजबिराजद्धारा जारी गरिएको शोक विज्ञप्तिमा
उधोग वाणिज्य संघ सप्तरी राजबिराजका अध्यक्ष लालु प्रसाद अग्रवाल द्वारा महत्वपूर्ण भुमिका खेलेका दहालको निधनले अभिभावक गुमाएको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै कार्याकार्नी सदस्य अम्बिका दहाल सहित सम्पूर्ण परिवारमा धैर्यधारन गर्न शक्ति प्रदान ईश्वरले गरोस् भन्ने उल्लेख गरिएको छ ।