जनकपुरधाम : मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले भन्नुभयो मधेशलाई बजेट बाँडफाँडमा संघ सरकारले अन्याय गर्दै आएको आरोप लगाउनु भएको छ ।

आइतबार आयोजित  जनकपुरधाममा ६५ औँ राष्ट्रिय सहकारी दिवस समारोहमा मन्त्री यादवले देशमा मधेश प्रदेशको आर्थिक योगदान अत्यधिक रहे पनि बजेट भने एकदमै न्यून दिँदै आएको आरोप लगाउनु भएको हो ।

मन्त्री यादवले लोकतन्त्र तथा संविधानले प्रत्याभूत गरेको अधिकार लिन आफूहरूले संघर्ष गर्दै आएको पनि बताउनुभयो ।

उहाँले सहकारीले राज्यलाई महत्वपूर्ण योगदान दिँदै आएको पनि बताउनुभयो । कार्यक्रममा भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले सहकारीले सहकार्य गरी आर्थिक उन्नतितर्फ अघि बढ्न सिकाउने गरेको भन्दै बचत गर्ने बानी बसाल्नुपर्ने बताउनु भयो ।

सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी बैंकले दिवसको आयोजना गरेका थिए ।