काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेकाे छ।

प्रहरीले इलामको सन्दरकपुर गाउँपालिका-४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका-५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार बौद्धबाट पक्राउ गरेको हाे ।

उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।