मधेशटप डेस्क,

जनकपुरधाम । मधेश प्रदेशको राजनितिक वृत्तमा स्थानिय निर्वाचनको चयन र प्रतिनिधित्व बारे आम जनमानस गम्भीर देखिदैछन् ।

महोत्तरीको मनराशिसवा नगरपालिका जहाँ तात्कालिन समयमा राजपाका संजय सिंह मेयर निर्वाचित भए त्यहाँ हाल आम जनताले परिवर्तन खोज्दै छन्।

वैशाख ३० गते तोकिएको निर्वाचन हाल मनराशिसवा नगरपालिका को मेयर पदमा नेकपा एमाले का युवा नेता कुन्दन कुमार झा को व्यापक चर्चा चलेको छ।

स्वक्ष छवि, प्रखर वक्ता, युवा जोश र अध्यनमा उच्च कोटी को दक्षताले उनि एक असल उम्मेदवारको रुपमा अत्याधिक लोकप्रिय हुँदै गएका छन्।

नेकपा एमाले कै नेता तात्कालिन समयका शहरी विकास मन्त्री प्रभु शाहको अगुवाई मा स्मार्ट शहर मा समाहित महोत्तरी को मनराशिसवा नगरपालिकाले पनि एक स्मार्ट मेयरको खोजी गरिरहेको समयमा युवा नेता झा को पक्षमा व्यापक जनसमर्थन देखिन्छ।

मनराशिसवा नगरपालिकामा अन्य दलको नेताहरु मध्ये कुन्दन कुमार झाको लोकप्रियता धेरै देख्न सकिन्छ ।

राजनीतिमा उदयमान युवा पुस्ताका नेताहरु मध्य पनि झा को निकै चर्चा परिचर्चा चल्दै आएको छ।