जनकपुरधाम । पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–११बाहुनमारामा पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटसाइकल चालकको मृत्यु भएको हाे ।
पिकअप सिन्धुलीबाट वर्दिवास आउदै गरेको प्र -१-०२-००२च ५२६३ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका बा ७२ प ५१३० नम्बरको मोटरसाइकल चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राइको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार पिकअप चालकलाई नियन्त्रणमा लिइएकाे छ ।
Discussion about this post