जनकपुरधाम : सर्लाहीमा केही दिन देखि बेपता भएका बालकको हत्या गरेर सेफ्टी ट्यांकमा फ्याकेको अवस्थामा शव फेला परेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–१२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आफ्नै गाउँमा छिमेकीको घरमै सटेर रहेको सौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आइतबार राती गाउँमै न्वारानको भोज खान गएपछि बेपता भएपछि प्रहरीमा जानकारी गराएपछि बालकलाई खोजतलास गर्ने क्रममा शव फेला परेको हो ।

प्रहरीले ७ जनालाई पक्राउ गरि बालकलाई खोजतलाश गर्ने क्रममा शव फेला परेको प्रवक्ता बुढाथोकीले बताए ।

फेला परेको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको र यस बारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।