काठमाडौं : गैरसांसदलाई प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री बनाएका छन् ।

अधिवक्ता गोविन्द बन्दीलाई प्रधानमन्त्री देउवाले कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको जानकारी दिए ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।

बन्दीलाई कानुनमन्त्री बनाएपछि हाल कानून मन्त्री रहेका दिलेन्द्र वडूलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्री देउवाले यो मन्त्रालय लामो समयदेखि आफैंसँग राखेका हुन् ।