काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ६६८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ८१९ जनाको पिसिआर गर्दा ७ र १ हजार ८४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर ७ सय ४७ जना सक्रिय संक्रमित छन्।

२५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।