मधेशटप,

जनकपुरधाम।  अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ ।

फिल्ममा भोजपुरी स्टार निरहुवा र अमरपालीको मुख्य भूमिका छ ।

बिहीबार जोरपाटीमा फिल्मको छायांकन भएको छ, जहाँ निरहुवा र अमरपालीले नेपाली परम्परा र भेषभूषामा विवाह गरे ।

सुटिङ सेटबाट सार्वजनिक भएको तस्वीरमा दुवै कलाकार ‘वरवधु’ लुक्समा देखिन्छन् ।

२२ दिनको सेड्युल रहेको फिल्मको सम्पूर्ण छायांकन नेपालमै हुने भएको छ ।

निरहुवा र अमरपाली बाहेकका अन्य कलाकार नेपालबाटै छन् ।

फिल्मलाई मनोज नारायणले निर्देशन गरिरहेका छन् ।