जनकपुरधाम, चैत २८ : नेकपा एमालेबाट लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षका लागि  नाम सिफारिस गरिएको छ ।
लक्ष्मीनिया गाउँपालिकाको ७ वटै वडाबाट १ नम्बरमा  सर्वसम्मत रुपमा दिनेश यादवको नाम सिफारिस गरिएको लक्ष्मीनिया गाउँपालिका  कमिटिले  बताए ।

 

 

उहाँ सहित शम्भु साह र अजय यादव लाई पनि सिफारिस गरेको छ। जनताले खोजेको र कार्यकर्ताले रोजेको नाम हो दिनेश यादव।

लक्ष्मीनिया गाउँपालिकाको अवस्था, परिस्थिती र राजनितिक माहोल देखेर जनताको समर्थक रहेकोले  दिनेश यादवको नाम  पहिलो नम्बरमा सिफारिस गरिएको कमिटीले भने ।

राजनितिक दलहरुलाई आकांक्षीहरु मिलाउन एकदमै सकस भइरहेको बेला एमाले ३ जना उम्मेदवारको सिफारिस जिल्लामा पठाएका छन।