जनकपुरधाम, चैत २९ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएको छ ।

२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताएको हो ।

नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन सक्दा त्यतिकै खेर गइ रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेशको एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको बताए ।

धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने सम्भावना बोकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए  ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिता बारे प्रकाश पार्नु भएको थियो ।

धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को जनाइएको छ । उक्त अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन समेत गर्नु भएको थियो ।