जनकपुरधाम, चैत्र ३० । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले पछिल्लो समय प्रतिष्ठानको विषयलाई लिएर सर्वसाधारणमा नकारात्मक अफवाह फैलाइएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।

संचारकर्मीसंग कुरा गर्दै डा. साहले प्रतिष्ठान जनताकै हितको लागि कार्य गर्न प्रदेश सभाबाट गठन भएको हुँदा निहित स्वार्थपूर्तीका लागि केही व्यक्तिहरुले नकारात्मक प्रचारबाजी गरिरहेकोले त्यस्तो भ्रममा नपर्न आग्रह गरेका हुन् ।

सेवा शूल्कमा कुनै फेरबदल नगरिएको बरु चुहावट कम गरेर यसलाई न्यून गर्ने, गरिब तथा पिछडिएका वर्गका लागि निःशूल्क सेवा प्रवाह गर्ने, कर्मचारीहरुको व्यवस्थापन लगायतका कार्य अघि बढिरहेको उनको भनाई छ ।