रञ्जन भण्डारी

महोत्तरी : यहा मैले लेख्न सुरु गरिरहदा जलेश्वरनाथ महादेवको स्तुती र उनको महत्व तथा यहा आउने धार्मिक यात्रीहरुको वारेमा केहि वर्णन गरेरमात्र माथी उल्लेखित शिर्षकमा प्रवेश गर्न विचार गरेपनि यौनका कुरा गरिरहदा मैले धर्म वारे लेख्न उचित ठानेन ।

फरक विषयमा कुरा गरिरहदा अर्को विषयको प्रवेश पनि उचित होईन कि जस्तो लागेर वर्णन गर्न ठिक लागेन । तपाईले यो पढ्दै गर्दा शिर्षक अनुसारकै कुरा तत्काल सुरु गरिहाल्न उचित सम्झे ।

 

महोत्तरीमा यौनकर्मीको संख्या कति होला ? यौनकर्मी छन वा छैनन ? छ भने कहा छन ?कुन अवस्थामा छन ? उनीहरु कसरी पेशा गर्दैछन ? लगायतका प्रश्न तपाईको दिमागमा पक्कै आएको हुनुपर्छ । चिन्ता नगर्नुस तपाईको प्रश्नहरुको जवाफ दिने प्रयत्नकै लागि यो लेख लेखिएको छ ।

महोत्तरीमा यौनकर्मीको संख्या विस्तारै वढ्ने क्रममा छन । हो अर्थात महोत्तरीमा पर्याप्त संख्यामा यौनकर्मी छन र उनीहरुको संख्या समेत विगतको भन्दा समय वित्दै जादा वढ्ने क्रममा छ ।

 

कतै बाध्यता र कतै स्वेच्छा मै समेत यौनकर्म गर्नेहरु महोत्तरीमा छन । महोत्तरीमा महिला,पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक( एलजिबीटीआई) समुदायका यौनकर्मीहरु छन ।

हामीले यहा यौनकर्मी शव्दको उच्चारण गरिरहदा यौनकर्मीकै क्षेत्रमा काम गर्ने संस्थाहरु भने उनीहरुलाई यौनश्रमिक भनेर सम्बोधन गर्छन । यहा यौनकर्मी र यौन श्रमिक शव्द मध्ये कुन शव्द मैले लेख्न उचित हुने हो सो को अल्पज्ञान हुदा मैले यौनकर्मी र यौनश्रमिक दुवै शव्द उच्चारण गरे ।

 

महोत्तरीमा यौनकर्मी (श्रमिक) कै क्षेत्रमा काम गरिरहेको दुई संस्थाले यो संख्या विस्तारै वढीरहेको बताएका छन ।

महोत्तरी स्थित महिला सचेतना केन्द्रकै तथ्यांक अनुसार उक्त संस्थाको प्रत्यक्ष सम्पर्कमा ३०५ महिला यौनश्रमिक छन भने महोत्तरी स्थित चौतारी नेपालले महिला यौनकर्मीको संख्या ३५५ रहेको बताएको छ ।

महिला सचेतना केन्द्रले यौनश्रमिक शव्द उच्चारण गर्छन । उक्त संख्याको भन्दा पनि फरक पुरुष र एलजिबीटीआई समुदायकै यौनकर्मीहरु महोत्तरीमा पर्याप्त छन ।

 

महोत्तरीमा आठ देखि दश हजार मानिसहरु एलजिबीटीआई समुदायकै रहेकोमा सो मध्ये दुई देखि तिन हजार यस क्षेत्रमा लागेको चौतारी नेपालको तथ्यांक छ ।

एउटा जिल्लामा मात्र यति धेरै संख्यामा यौनकर्मी हुदा हामीले उनलाई चिन्न भने गार्हो छ । समुदायमै मिलेर वसेको र सार्वजनिक नै नभई यौनश्रममा लागेकोले उनको पहिचान भने सहज नभएको महिला सचेतना केन्द्रको भनाई छ ।

समाजमा हेला गर्ने,बहिस्कार गर्ने र वस्नै नदिने भएकोले आफुहरु लुकेरै यौनश्रम गरिरहेको जलेश्वर मै यौनश्रम गरिरहेकि एक यौनश्रमिकले वताईन ।

 

उनले भनिन,“निक्कै असहज अवस्थामा श्रम गरिरहेकि छु । श्रीमान भएर पनि एक सुको कमाएर ल्याउदैन ।

बाध्य भएर सातजना छोराछोरीको पालन पोषणको लागि अन्य सिप नलागेर यौनश्रमिक बने । तर ग्राहकसंग खेत तथा जंगल तिर जादा कसैले देख्ने डर हुन्छ भने होटेलमै जादा होटेलकै बिल ग्राहकले वढी तिर्नु पर्ने हुन्छ ।

तर प्राय कम आय भएको ग्राहकहरु आफ्नो सम्पर्कमा रहेकोले उनीहरु होटेलमै बिल तिर्न चाहदैनन । ” उनी थप्छिन,“घरमै बच्चाहरु हुने गरेको र ग्राहक समेत नियमित चाहिने भएकोले प्राय घर वाहिर नै जाने गरेकि छु ।

नियमित ग्राहक बनाईराख्न आफ्नो समुह कि नाईकेलाई समेत केहि कमिशन दिनु पर्ने हुन्छ । उनले विभिन्न समन्व्य गर्छिन । केहि ग्राहक भने नियमित आउन थालेपछि उधारो मै समेत सम्पर्क गर्छन ।

नियमित आउने भएकोले उधारोमै सम्पर्क गर्ने गरेकोमा धेरै ग्राहक पछि पैसा तिर्नु पर्छ भनेर आउदैनन र अर्कि यौनश्रमिक खोज्छन । ”

 

बाहिरी समाजको लागि चिया पसल संचालन गरेर बसेकि एक अर्की यौनश्रमिकले केहि ग्राहकले हिंसा समेत गर्ने गरेको बताउछिन । उनी थप्छिन,“केहि समय पुर्व नै एक नियमित ग्राहकले उधारोमा सम्पर्क गरेकोमा पछि पैसा माग्दा हातपात नै गरे ।

कतै उजुरी गर्दा वा भन्दा समेत आफैलाई गार्हो हुने भएकोले चुप लागेर बस्नुको विकल्प छैन । यता पैसा नै तिर्ने ग्राहकले घरमा आफ्नै श्रीमति वा यौन पार्टनरसंग अप्राकृतिक सम्बन्ध स्थापित गर्न नसकेपछि आफुहरु कहा आएर त्यसतो गर्न कर गर्ने र नमाने हातपात नै गर्ने गरेका छन ।

” उनी आफ्नै शरिरको कमाई खाईरहदा होटेल देखि अन्यत्र जतासुकै जादा पनि सवै ठाउमा पैसा मांग्ने गरेको र नदिए काम नै धरापमा पर्ने उनको भनाई छ ।

नियमित जाने होटेलमा समेत स्थानिय प्रहरीले लिने कमिशनमा तलमाथी पर्दा होटेलमै छापा मार्ने र धरपकड गर्नेसम्मको डर हुने भएकोले सवैलाई मिलाएर राख्नु पर्ने बाध्यता रहेको थप्छिन ।

आफ्नै पेसामाथि संकट ल्याउन सक्ने विभिन्न पेशाकर्मी तथा व्यक्तिहरुले शरिर र पैसा दुवै लिने गरेको उनी थप्छिन ।

माथि उल्लेखित यौनश्रमिकहरु सामान्य आय भएकि र थोरै पैसा पाएपनि हातमुख जोर्नलाई सहमत हुने गरेपनि महोत्तरीमै हाईप्रोफाईल यौनश्रमिकहरु समेत रहेका छन ।

 

गोपनियता र सुरक्षाको अत्यधिक खयाल गर्ने ति हाईप्रोफाईल यौनश्रमिकहरुको सम्पर्कमा ठुलै पद र पैसा भएकोहरु ग्राहक रहेका छन ।

यस समुहका यौनश्रमिकहरुमा बाध्यता भन्दा पनि यौन सुख,विलासिता,भौतिक सामग्री(मेकअप,गरगहना,महंगा सामग्री) र अनेकौ ईक्षापुर्तिका लागि यौनश्रम गर्ने गरेकि छिन ।

प्राय एक नाईकेको सम्पर्कमा रह्ने यिनिहरु श्रीमान वैदेशिक रोजगारीमा भएको,एकल महिला,विवाह नै नभएकि किशोरीहरु रह्ने गरेकि छिन ।

श्रीमान वैदेशिक रोजगारीमा हुने केहि महिलाहरु शारिरिक सुख पनि पाईने र पैसा समेत पाईने भएकोले यौनश्रममा लागेको केहि यौनश्रमिकहरुसंग गरिएको कुराकानीमा बुझिएको छ ।

यता केहि पुरुष यौनश्रमिकको ग्राहक भने श्रीमान विदेशमा भएका महिलाहरु,श्रीमानसंग सन्तुष्टी नपाउने महिलाहरु र श्रीमान वाहेकपनि सम्बन्ध बनाउन रुचाउने महिलाहरु छन ।

 

यौनश्रमिकहरुको वारेमा सोधी खोजी गने संस्था महिला सचेतना केन्द्रले ति सवै यौनश्रमिकहरुसंग सम्पर्क गर्ने उनीहरुलाई तत्काल आवश्यक आकस्मिक सहयोग तथा अन्य स्वास्थ्य वा अन्य सेवामा सहयोग गर्दै आएको छ ।

कोभिड चरममा भएको वेला यौनश्रमिकहरुले ग्राहक नै नपाउने अवस्था आएर हातमुख जोर्न समेत समस्या भएपछि उनीहरुलाई खाद्यान्न राहत उपलब्ध गराएको थियो ।

यौनश्रमिक महिलाहरुलाई थप सहयोग अन्तर्गत एचआईभि जाँच देखि थप अन्य मद्दतको लागि चौतारी नेपाललाई रेफर गर्ने गरिएको छ । यता नियमित ग्राहकको सम्पर्कमा रह्ने यौनश्रमिकहरुलाई एचआईभि संक्रमणबाट जोगाउने प्रेप नामक औषधी समेत चौतारी नेपालको सहयोगमा उपलब्ध गराउदै आएको छ ।

नियमति ग्राहकको सम्पर्कमा रहेकि तर एचआईभि नलागेकि यौनश्रमिकले उक्त औषधी नियमति सेवन गर्दा एचआईभिको जोखिम कम हुने चौतारी नेपालले जनाएको छ ।

 

चौतारी नेपालले कण्डम,प्रेप,एचआईभि जाँच र एचआईभीको औषधी समेत एलजिबीटी समुदाय तथा यौनकर्मी वा आवश्यक परेको सवैलाई उपलब्ध गराउदै आएको छ ।

यो वाहेक चौतारी नेपालले एलजिबीटी समुदायको हक हित तथा उनीहरुकै लागि गर्न सकिने विभिन्न कार्यक्रमहरु महोत्तरीमा संचालन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष रामवरण यादवले एलजिबीटी समुदायका केहि यौनश्रमिक भएपनि उनीहरुलाई समाजका कसैले काम वा सम्मान नदिने भएपछि पेट पाल्नलाई यौनश्रममा लागेको बताउछन ।

 

बाटो हिड्दा नै अश्लिल शव्द र ईसाराबाट सम्बोधन गर्ने गरिएकोमा समेत सोहिबाट आजित भएर पनि केहि यौनश्रमिक भएको उनको भनाई छ ।

एलजिबीटी समुदायका मानिसहरुको लागि चौतारी नेपालले हक तथा अधिकारको क्षेत्रमा समेत कार्य गर्दै आएको छ । समाजमा सम्मान पाए कोई यौनश्रमिक बन्नु पर्ने बाध्यता नआउने उनी तर्क दिन्छन ।

यस्तो छ यौनश्रमिकको अवस्था :

महोत्तरीको प्राय सवै पालिकामा अन्य पहिचानका साथ यौनश्रमिकहरुले एकल र समुहमै यौनश्रम गर्दै आएको चौतारी नेपालले जनाएको छ ।

नेपालमा हालसम्म कानुनी मान्यता नहुदा यौनश्रम गर्दा अति जोखिममा र हिंसा सहेर समेत वस्नु परेको उनी वताउछिन ।

केहि यौनश्रमिक भने श्रीमान शारिरिक सुख दिन असक्षम हुदा अनाहकमै राखिएको वाहिरी सम्पर्क पछि आदतमै परिणत भएको र आफु यौनश्रमिक भएको बताउछिन ।

व्यवस्थित गर्न आवाज उठदै  :

गोप्य र असुरक्षित रुपमा भैरहेको यौनश्रमलाई व्यवस्थित गर्न आवाज उठ्न थालेको छ । समाजमै लुकिछिपी यौनश्रमिकहरुले कार्य गर्दै गर्दा समाजका अन्य नागरिकलाई समेत असुरक्षा हुने र समाजका अन्य छोरी चेलीहरुमाथि समेत असर पर्ने हुदा यसलाई व्यवस्थित गरि भारतका विभिन्न स्थानमा रहेको रेडलाईट एरिया जस्तो क्षेत्र छुट्याउन यौनश्रमिकहरुले आग्रह गरेका छन ।

उनीहरु आफुले गरेको कार्य आफुलाई गलत नलागेको र आफ्नो शरिरमाथि आफ्नो अधिकार भएकोले सरकारले आफुहरुको श्रमलाई व्यवस्थित गरिदिनु पर्ने बताउछिन ।

तर अर्को मत पनि छ :

यता यौनश्रमिकहरुले समाजमै नकारात्मक असर पारिरहेको भन्दै यौनश्रमिकहरुलाई उक्त कार्य छाडेर पेशा परिवर्तन गर्न बुद्धिजिवीहरुको आग्रह छ ।

यौनश्रम आफैमा गलत भएको र यसले समाजलाई गलत बाटोमा लगिरहेकोमा यसको लागि क्षेत्र छुट्याउदा समाजमा यसले गलत प्रभाव पार्ने उनीहरु बताउछन । शरिरलाई बेचेर पैसा कमाउनु गलत भएकोले पैसा अन्य श्रम गरेर कमाउनु पर्ने उनीहरु तर्क दिन्छन ।

यौन सुख र सन्तान उत्पतीको लागि भएकोले यसलाई पेसा नबनाउन उनीहरु आग्रह गर्छन । आफ्नै शरिर बेच्नु भन्दा अन्य पेशा गरेर हातमुख जोर्ने गरि उनीहरुलाई यौनकर्मीको पेशाबाट हटाएर अन्य श्रममा लगाई पुनस्र्थापन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

महोत्तरी धार्मिक जिल्ला भएको र यहा धर्मको कुरा हुनु पर्ने हो न कि यौन को भन्दै जिल्लालाई यौनकर्मी मुक्त जिल्ला बनाउनु पर्ने अधिकांशको तर्क छ ।

तर उनीहरुकै तर्कवारे यौनकर्मीहरु भन्छिन,“हामीलाई त्यही सभ्य समाजमा वस्ने केहि व्यक्तिले यौनकर्मी बनाएको हो । हामीसंग रात विताउनेहरु रातभरि हामीसंग हुने र बिहानको घाम निस्केपछि सभ्य समाजको आडम्बर देखाउने गर्छन ।

हामीले कस्तो समाज चाहेको हो ? यौनकर्मी रहित वा यौनकर्मी सहित सोच्ने र मनन गर्ने बेला आएको छ ।