मधेशटप, बैशाख २ गते शुक्रबार ।

जनकपुरधाम : आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। कतिपय स्थानीय नेता टिकटका लागि दौडधुप गरिरहेका छन् भने कतिले धमाधम आफ्नो दावेदारी सार्वजनिक गरिरहेका छन्।

केहीको भने चर्चा व्याप्त छन् । निर्वाचन नजिकिंदै गर्दा यहाँका चोक, पसल र गाउँमा सम्भावित उम्मेदवारको नामबारे चर्चा हुन थालेको हो। चर्चामध्येकै एक नाम हो, प्रमेश्वर साह ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.९ का   निवासी प्रमेश्वर साह  नगरपालिकाको  वडा अध्यक्षमा पुन :साहले  उम्मेदवारी दिने घोषणा गरेको छ।

समाजिक क्षेत्रमा युवा, महिलाका समाजिक अभियन्ताका रूपमा परिचित छन ।

साह नेपाली कांग्रेसका  पार्टीका  निकट नेता  हुन् । कांग्रेसबाट  उम्मेदवारीको पुन:साह  तयारीमा जुटेका  स्थानीयहरु बताउँछन् । साहको वडाहरूमा राम्रो पकड रहेको स्थानीय धीरेन्द्र मोहन झाले बताए।

जनकपुरधाम उपमहानगरपालिकाको वडा न. ९ का  मतदाताले यस वडावासीलाई पनि शिक्षित र समाजसेवी उम्मेदवारलाई मत दिएर विजयी बनाउने स्थानीयहरुको भनाई छ।