जनकपुरधाम : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बैशाख ३० गते  स्थानीय तहको निर्वाचन अब रोकिए देशमा ठूलो दुर्घटना घटने हुने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रम विच  स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति तोकेर निर्वाचनको गन्तव्य तोकेर छेपयासत्र प्रक्षेपण भइसकेको बताए।

उनले भने, ‘अब यसलाई तलमाथि  वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो । यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ त्यस कारण स्थानीय  निर्वाचनसँग डराउनु पर्ने आवश्यकता छैन ।’

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रमभंग गर्ने अवस्था नरहेको भन्दै  निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताए । उनले यसका साथ साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दावी समेत  गरे ।

निर्वाचनलाई लोकतन्त्रको सबै भन्दा ठूलो गहना भनिने गरेको भन्दै प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनलाई लोकतन्त्रको प्राण भन्ने गरिन्छ र निर्वाचनको सन्दर्भमा लोकतन्त्र नै सबै भन्दा प्रिय र सम्मानित शव्द पनि हो तर निर्वाचनको यत्रो माहोल तयार भइ रहदा कहिँ अतै निर्वाचन प्रती संशय उत्पन्न हुने खालको अभिव्यक्ति आइरहनु दुखद हो ।’

निर्वाचनको मिति तय हुँदा छलफल भएको र त्यस क्रममा संविधान र कानुनको विषयमा तर्क वितर्क भएकै भन्दै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकोले तर्क वितर्कको आवश्यकता नरहेको बताए ।

निर्वाचन आचारसंहितालाई हेर्नका लागि हरेक स्थानीय तहमा संयन्त्र बनाइएको उनले बताएका छन् ।