जनकपुरधाम :

नेकपा एमालेले धनुषाको बटेश्वर गाउँपालिकामा पार्टी कार्यालय स्थापना गरेको छ ।

 

चुनावी सरगर्मीसंगै पार्टीको कार्यालय बटेश्वर गाउँपालिकाको केन्द्र बटेश्वरमा स्थापना गरेको हो ।

शनिबार बिहान एक समारोहबीच एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सो कार्यालयको उद्घाटन गरेका हुन् ।

सो अवसरमम बटेश्वर पालिका भित्रका एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।