काठमाडौं ।  बैशाख ३ गते शनिबार चैत।

शुक्ला पूर्णिमाको अघिल्लो दिन बौद्धनाथ स्तुपा परिसरमा तामाङ समुदायले परम्परागत रुपमा मनाउँदै आएको तिमाल जात्रा भव्य रुपमा सम्पन्न भएको छ ।

तिमाल जात्राको क्रममा देशको विभिन्न ठाउँबाट हजारौ तामाङहरु बौद्धनाथ क्षेत्रमा आउनु भई पूजापाठ र धार्मिक क्रियाकलापमा संलग्न भएका छन् ।

यति धेरै तामाङ समुदायको उपस्थितिमा बौद्धनाथ क्षेत्रमा धार्मिक गतिविधि र पुजापाठ हुँदा पनि बौद्धनाथ क्षेत्र परिसरको अवस्था भने उदास लाग्दो थियो ।

भर्खरै पर्यटन मन्त्रालयको पदाधिकारीहरुलाई मोटो रकम बुझाएर बौद्धनाथ क्षेत्र विकास समितिको पदाधिकारीमा नियुक्ति भएको भनिएकाहरुले अलिकति पनि व्यवस्थापन गर्न सकेको देखिएन ।

उनिहरु बौद्धनाथ क्षेत्र विकास समितिको पदाधिकारीमा नियुक्ति हुनुभन्दा एक महिना अगाडिदेखि रकमको वार्गेनिङ भइरहेको हल्ला व्यापक थियो । अहिले पनि उनिहरुको निकटहरुमा यस्तै चर्च हुनेगरेको छ ।

ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो आकासेपुल नभएको, जेब्राक्रस र फुटपाथ पनि राम्रो नभएको बौद्धनाथ क्षेत्रमा तेमाल जात्राको क्रममा हजारौको सहभागिता र त्यस्तै सवारीसाधनको चाप भएको स्थितिमा पनि बौद्धनाथ क्षेत्रको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको उच्च सक्रियताको कारण सोचेभन्दा अत्यन्तै राम्रो देखिन्यो ।

तेमाल जात्राको अवसरमा बौद्धनाथ क्षेत्रमा खिचिएको भिडियो र तस्विरहरु हेर्नुहोस् ।