जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट सिफारिस भएका जानकी राम साह मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लोसपाबाट वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित समेत रहेको साहले बालकोटमा पुगेर एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीबाट प्रवेश गरेका हुन् ।

मेयर पदका प्रत्यासित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको हो ।