जनकपुरधाम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको उपाध्यक्ष पदमा जनता समाजबादी पार्टीबाट ईन्द्रकला देवि यादबले पुनः दाबी गरेकी छिन् ।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवकट मानिने यादवले यसपटक पुनः उपाध्यक्षमा आफू उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

 

यादवले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको उल्लेख गर्दै भने, ‘सबैको साथ र सहयोगका हिसाबले मैले उपाध्यक्ष पदमा चुनाव लड्ने तयारी गरिरहेकी छु ।’ ‘जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षधर उम्मेदवार उनले भने,‘यसपटकको चुनावमा पुनः मैले उम्मेदवारी दिने मुड बनाएकी छु । यसमा सबैले मलाई सघाउनुपर्छ ।’

 

उनले भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्नका निमित्त पनि आफ्नो उम्मेदवारी रहेकि छिन् । ‘मलाई लक्ष्मीनिया गाउँपालिकाको उपाध्यक्ष पदको लागि अघि बढाइयो भने म तयार छु,‘उनले भने,‘मलाई मौका मिल्नुपर्छ ।’

 

को हुन् यादव ?

 

नेपाली राजनीतिमा आफ्नो जीवनको १२ वर्ष बिताएकी महिला नेतृ हुन्, ईन्द्रकला देवि यादब । १२ वर्षअघि आफ्नो जागिर, सम्पत्ति सबै छोडेर परिवर्तनका निमित्त अहम भूमिका निर्वाह गरेकी यादवले आजसम्म कुनै लाभको पद र पैसाका लोभ गरेका छैनन् ।

 

तेसै गरि लक्ष्मीनिया गाउँपालिकाकी उपाध्यक्ष पनि बनिन् फेरि पुनः उपाध्यक्षमा निर्वाचित हुन्छु भन्ने दाबी समेत गरेकी छिन् महिला नेतृ ईन्द्रकला देवि यादब तर उहाँले भने म जनताको हक अधिकार सुनिश्चित गरेकी हुन् मलाई पुनः मेरो जनताले निर्वाचित गराउछिन् भने आशा र विश्वास छन्।

उनी केवल आफ्नो गाउँ, नगर र जनताको सेवा गरिरहेकी छिन् । लक्ष्मीनिया गाउँपालिकामा त्याग, संघर्ष र अरुको लागि मात्र बाच्ने प्रेरणाका स्रोत हुन्, ईन्द्रकला देवि यादब ।

 

उनले लक्ष्मीनियाँ गाउँपालिकालाई नयाँ समृद्ध नगर बनाउने आफ्नो सपना रहेकि सुनाए । ‘म कार्यकारीमा सके सम्म विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने पुनः उपाध्यक्ष बनेर अझ बढी काम गर्ने चाहना छ,’ उनले भने, ‘हालका अध्यक्षको अगुवाइमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहन्छु ।’

 

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, पर्यटन, सड़क, स्वच्छता, स्वास्थ्य र कृषि जस्तो क्षेत्रमा काम गर्ने र रोजगारीको सिर्जना गर्नेलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताइन्।