जनकपुरधाम, बैशाख ७ गते। धनुषा निर्वाचन क्षेत्र नं. ३ मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।

आज मात्रै लोसपा बाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडा नंं. १ का निर्वाचित वडा अध्यक्ष शत्रुधन साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।

जनकपुरधाम स्थित कलवार कुट्टीको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केंद्रीय सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहको हाथबाट टिका लगाइ जसपा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुमा संजय प्रधान,बेचन मंडल, बिन्देश्वर साह,    सत्यनारायण प्रधान, उर्मिला साह, उमैदा खातुन, मिना खातुन,अलिसा खातुन, जासमीन खातुन रहेका छन ।