जनकपुरधाम :

महोत्तरीको भंगहा नगरपालिका मेयर संजिव साहले कुमारी बैंकमा तालबन्दी गरेका छन्।

नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण गरेको भन्दै भंगहाको सीतापुर बजारमा अवस्थित कुमारी बैंकमा उनले आफै तालाबन्दी गरेका हुन्।

‘साढे ४ महिनाअघि नगरपालिकाले बैंक खातामा सामाजिक सुरक्षा भत्ता जम्मा गर्यो। पटक पटक बाँड्न आग्रह गरेँ। तर बैंकले बाँडेन। व्यापक जनगुनासो आयो। त्यसकारण बाध्य भएर तालाबन्दी नै गर्नुपर्यो’ उनले भने।

बुधबार दिउँसो उनले तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ।नेपालखबर