सप्तरी । ०७९ वैशाख ७ गते

इन्सेक लगायत महिला अधिब्कता अधिकारकर्मीहरुको पहल र प्रहरीको सहयोगमा राजविराज नगरपालिका–६ की २२ वर्षीया ब्युटी झाले २०७९ वैशाख ६ गते राति घरमा प्रवेश पाएकी छिन् ।

सप्तरी जिल्ला अदालतको वैशाख ६ गतेको अन्तरिम संरक्षणात्मक आदेश अनुसार घर गएकी ब्युटीलाई उहाँकी सासु शान्ति झा र ससुरा वासुदेव झाले घरभित्र पस्न नदिएपछि महिला अधिब्कता किरण साह लगाएत अधिकारकर्मी, सञ्चारकर्मीहरुसहित ब्युटी घर अगाडि वैशाख ६ गते ३ घण्टा धर्नामा बसेकी थिइन् ।

दिनभरी अवस्था तनावग्रस्त भएपछि, अधिब्कता किरण साहले पत्रकारहरूलाई बोलाएर प्रहरीले अदालतको आदेश अनुसार पीडितलाई घरमा शान्तिपूर्वक बस्न नदिए कानुनी कारवाही गर्ने भनेपछि झा परिवार ब्युटीलाई घरभित्र प्रवेश गराउन सहमत भएको एसपी अविनारायण काफ्लेले बताउनु भयो ।
सामाजिक परम्परा अनुसार भारत बिहारको अररिया–१३ खरैयाकी ब्युटीको २०७७ मङ्सिर २५ गते ३० वर्षीय बिपिन झासँग विवाह भएको थियो । विवाहको पार्टीकै रातिदेखि घरेलु हिंसामा परेको बताउनु भएकी ब्युटीले घरपरिवारलाई रिझाउने धेरै पटक प्रयास गरेको बताउनु भयो ।

साउथ अफ्रिका बस्दै आएका विपिन वैशाख ९ गते हुने कान्छी बहिनीको विवाहका लागि नेपाल आएको जानकारी पाएपछि ब्युटी माइतबाट घर आएकी हुन् ।

पुजारीलाई शुभ दिन देखाएर घर भित्र्याउने पटक–पटकको वाचाबाट विपिनका परिवार पन्छिदै गएपछि ब्युटीले वैशाख ५ गते सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी दिनु भएको थियो ।

न्यायाधीश प्रमेश पोखरेलको इजलाशले वैशाख ६ गते पीडितलाई घरमा बस्न दिनु, खानलाउन दिनु, कुटपिट नगर्नु, शिष्ट र सभ्य व्यवहार गर्नु भन्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।

उता पिडीतको सहयोगमा अधिब्कता किरण साहको महत्वपूर्ण भिमिका देखा परेकी थिईन।