जनकपुरधाम।  जनकपुरधाममा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको लास फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय युवकको लास फेला परेको हो ।

युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

पानीमा लास तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन ।

युवकको लासलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका  डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।