काठमाडौं । अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग बिहीबार सुटुक्क विवाह गरेकी छन् । उनीहरूले सानो समारोह गरी परम्परागत रुपमा बिहे गरेका हुन् ।

केकीले फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गरेकी छन् । लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय शुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहारस्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं । यहाँरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले आफ्नो प्रेम भने सार्वजनिक गरेकी थिइनन् । प्रेम र प्रेमीका बारेमा मिडियाले बारम्बार प्रश्न गर्दा केकी पन्छिँदै आएकी थिइन् । रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सहसंस्थापक र सीईओ हुन् ।