मधेशटप,बैशाख १० गते।

जनकपुरधाम। केहि दिन पूर्ब मात्र जनकपुरधाम उपमहानगर पालिका वडा नं. २  बाट ( स्वतंत्र) रुपमा निर्वाचित  भएका वडा अध्यक्ष शिवकुमार साह आज नेपाली कांग्रेस प्रवेश गरेका छन ।

शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले साहलाई पार्टी प्रवेश गराएका हुन् ।

साह आफ्ना केही समर्थकसहित शनिबार एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी करिव एक हप्ता अगाडि एमालेमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेपश्चात्  साहले भने आफू दबावमा आएर केही दिनअघि मात्र एमाले प्रवेश गरेको बताए । उनले आफू पुनः आफ्नो पुरानो घरमा फर्केको प्रतिक्रिया दिए ।

साहलाई पार्टी प्रवेश गराउन कांग्रेसका क्षेत्रीय सभापति, जिल्ला सभापति, नगर उपसभापतिलगायतका नेताहरुले पहल गरेका थिए ।