जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि जनमत पार्टीबाट अनिता साहले उम्मेदवारी दर्ता गराएकी छन् ।

आइतबार जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

 

जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले निवर्तमान मेयर लालकिशोर साहलाई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मनोज चौधरीलाई उम्मेदबार बनाएको छ ।

लालकिशोर सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

नेकपा एमालेले यसअघि शंकर साहको नाम सिफारिस गरे पनि लोसपाबाट प्रवेश गरेका जानकी रामले आफूलाई मेयरको टिकट दिने बताउँदै आएका छन् । अन्य दलले भने उम्मेदबार चयन गर्न सकेका छैनन् ।

 

यहाँका लागि कांग्रेस परित्याग गरेका मनोज साह र बलराम महतोले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।