उमेश कुमार साह :१२ बैशाख सोमबार बोदे बर्साईन

सप्तरीको बोदे बर्साईन नगरपालिकाको नयाँ नेतृत्वका लागि मेयरमा स्वतन्त्र उमेदवार सहित ८ जना र उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार साँझसम्म मेयरमा ८ र उपमेयरमा ७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बोदे बर्साईनको मेयरमा जनमत पार्टीबाट मेयर पदमा थनेश्वर प्रसाद साह /उप मेयर – मिनु देवि यादव, लोसपा पार्टीबाट मेयर पदमा अमरेन्द्र प्रसाद यादव/उपमेयर – ममता कुमारी साह , स्वतन्त्र उमेदवार मेयरपदमा बालेश्वर प्रसाद यादव, ज स पा बाट निवर्तमान मेयर आतेश कुमार सिंह/ उपमेयर – रेणु कुमारी साह , नेकपा एमाले = मेयर पदमा अनोज कुमार यादव/ उपमेयर कविता कुमारी साह ,ने क पा माओवादी केन्द्रबाट मेयर पदमा मो.इस्लाम मिया/उपमेयर – शिला कुमारी यादव , नेपाली काग्रेस मेयर पदमा दिपेन्द्र कुमार यादव/ उपमेयर – पुनिता कुमारी साह , नेकपा एकीकृत समाजवादी मेयर पदमा महेन्द्र प्रसाद यादव /उपमेयर- पार्वती देवी चौधरी लगायत छन् ।

बोदे बर्साईन नगरमा मेयर, उपमेयर, गरि जम्मा पदका लागि ३६७ जनाको उम्मेदवारी परेको र वडा अध्यक्ष तथा वडा सदस्यको लागि केही समय लाग्ने प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए ।