उमेश कुमार साह: १२ बैशाख सोमबार

सप्तरी । बोदे बर्साईन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार निवर्तमान मेयर आतेश कुमार सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

जनता समाजवादीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
जसपा नेपालको बोदे बर्साईन नगरपालिकाका मेयरको उमेदवारी जसपाले निवर्तमान मेयरलाई नै उम्मेदवार बनाएका हुन् ।
२०७४ को निर्वाचनमा सिंहले तत्कालीन ससफो नेपालबाट १ हजार भन्दा बढी मतान्तरले जितेका थिए । पछि पार्टी एकता भएर फुट्दा उनी जसपालाई नै रोजेका थिए ।