काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्। उनले यसबारेमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार(प्रसार सांस्कृतिक समन्वय उपसमितिले गरेको ‘कांग्रेस नै यो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए।

ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरू प्रयोग गरेको भन्दै उनले खेद् प्रकट गरे।

‘कांग्रेसको घोषणा पत्र ‘पागलहरुको प्रलाप’, देउवासँग देश विकासको एजेन्डा छैन’

ओलीले आपत्तिजनक शब्दहरू प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

‘आचारसंहितालाई धज्जी उडाएर आफुखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लोस्तरबाट जसरी कुराकानी आइराख्या छ । स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द केही समय अगाडि आए। उहाँले बोल्ने क्रममा हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर जस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छु, उनले भने, ुनिर्वाचन आयोगलाई यसबारे ध्यानाकर्षण गराउन चाहान्छौँ। कांग्रेसले शालिनतापूर्वक राखेका विषयमा पनि यहाँ पत्र आइहाल्छ।

तर यस्तो आपत्तिजनक अभिव्यक्ति आइराख्या छन्। तर जे पनि बोल्ने, गर्ने छुट भए जसरी जुन आएको छ। यसप्रति हामी गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौँ।’

एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए।

प्रवक्ता महतले ओलीको उक्त टिप्पणीप्रति असन्तुष्टि जनाए। उनले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए।