काठमाडौं । स्नातक पढेर गरिरहेको पेशाका कारण एक युवती निकै चर्चामा आएकी छिन् ।

भारत, बिहारको पटनामा स्तानक तहसम्म अध्ययन गरेकी केटीको निकै चर्चा हुँदैछ ।

सोच्नुपर्ने कुरा के भने स्नातकसम्मको पढाई गरेका धेरै केटी छन् तर किन ती केटीको चर्चा हुँदैछ ?

आखिर किन ती केटी चर्चाको शिखरमा छिन् ? आज हामी तपाईंलाई सबै जानकारी गराउन गइरहेका छौँ ।

वास्तवमा, प्रियंका गुप्ता नामकी युवतीले बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट अर्थशास्त्रमा स्नातक गरेकी छिन् । पढाई सक्काएपछि उनले जागिरको खोजीमा धेरै सहर घुमिन् तर कतै काम पाइनन् ।

त्यसपछि उनले आफ्नो जुन पेशा रोजिन्, अहिले विश्वभर चर्चा हुँदैछ । प्रियंकाले साथीहरूको सहयोगमा पटनाको महिला कलेज नजिकै चिया पसल लगाएर विद्यार्थी र सर्वसाधारणलाई चिया पिलाइरहेकी छिन् ।

पटनाका गल्लीहरूमा मात्रै नभएर प्रियंकाको चियाको चर्चा भइरहेको छ । पटनाको सबैभन्दा भिआईपी क्षेत्रमा पर्ने बेली रोडमा रहेको पटना महिला कलेजको ठीक अगाडि प्रियंका ‘ग्रेजुएट (स्नातक) चाय वाली’ भनेर ठेला खोलेकी छिन् ।

उनी अहिले सामाजिक सञ्जालमा निकै छोटो समयमै चर्चामा आइन् । प्रियंकाले चिया पसलमा ‘पिउनैपर्छ’ र ‘सोच्न छोड, सुरु गर्देउ’ जस्ता लाइन लेखेकी छिन् ।

उनको पसलको बिक्री मात्र १० दिनमा निकै बढेको छ । विद्यार्थीदेखि वृद्धवृद्धा महिलासम्म पनि उनको पुसलमा चिया चुस्कि लिन आउँछन् ।

प्रियंका अब नयाँ ठाउँमा पसल विस्तार गर्ने योजनामा छिन् । व्यापार बढ्दै गएपछि अहिले उनी दिनहुँ नयाँ नयाँ रणनीति बनाइरहेका छिन् ।

प्रियंकाका लागि यो काम सजिलो थिएन । चिया पसल स्थापना गर्नुअघि प्रियंकाले स्नातकपछि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेकी थिइन्, तर सफल भइनन् । त्यसपछि प्रियंका निजी जागिरको खोजीमा सहर–शहर घुमिरहेकी थिइन्, तर उनलाई जागिर मिलेन् ।

यसैबीच उनको ध्यान व्यवस्थापन संकय पढेर चिया बेच्ने प्रफुल्ल बिलौरको भिडियोमा गयो । प्रियंकाले स्नातकोत्तर पढेर चायवाला बन्न सक्छ भने स्नातकपछि किन चायवाला बन्न नसक्ने भनेर अगाडि बढेकी थिइन् ।

प्रफुल्ल बिलोर एक युवा भारतीय उद्यमी र युट्यबर हुन्, जसले आफ्नै चिया बेच्ने कम्पनी बनाएका छन् । भारतको हरेक भागमा चिया बेच्ने आफ्नो सपना रहेको उनी बताउँछन् ।

उनको जन्म मध्य प्रदेशको इन्दोरमा भएको थियो तर अहिले उनले आफ्नो व्यवसाय अहमदाबाद, गुजरात, भारतबाट सञ्चालन गर्छन् । चिया बेचेर उनले करोडौं कमाउँछन् ।