जनकपुर : धनुषाको धनौजी गाउँपालिकाको एउटा वडामा अध्यक्षसहित सबै उम्मेदवार महिलालाई बनाइएको छ । जनता समाजवादी पार्टीले धनौजी गाउँपालिकाको वडा नम्बर ४ मा अध्यक्षसहित सबै उम्मेदवार महिलालाई बनाएको हो ।

जनता समाजवादी पार्टीका नेता जितेन्द्र यादवका अनुसार वडाका सबै पदमा महिलालाई मात्रै उम्मेदवार बनाइएको मधेस प्रदेशको यो नै पहिलो वडा हो । जसपाले त्यो वडाको अध्यक्ष पदमा रेखा मण्डललाई उम्मेदवार बनाएको छ ।

 

यस्तै त्यो वडाको खुला सदस्यमा ममताकुमारी मण्डल र शैलीदेवी ठाकुर, महिला सदस्यमा सञ्जुदेवी मण्डल र दलित महिला सदस्यमा सतीदेवी दासलाई उम्मेदवार बनाएको छ ।