जनकपुरधाम। जनता  समाजवादी पार्टीको वडा  कार्यालय जनकपुरधामको कुर्थामा संचालनमा आएको छ ।

विहिवार  जनकपुरधाम उपमहानगरपालिका – २१ कुर्था स्थित जसपाको कार्यालय संचालनमा आएको हो ।

एक कार्यक्रमबीच जनता समाजवादी पार्टी (जसपा)का जउनपाका नगर प्रमुखका उम्मेदवार  लालकिशोर साहद्वारा  सो कार्यालयको आज उद्घाटन गरेका हुन ।

सो कार्यक्रम विधिवत रुपमा हिन्दु परम्परा अनुसार पुजापाठ गरी सो कार्यालयको उद्घाटन गरेको हो ।

उक्त उद्घाटन कार्यक्रममा संघिय परिषद सदस्य रंजित चौधरी, जसपा नगर अध्यक्ष बिसुन्देव यादव, वरिष्ठ उपध्यक्ष धर्मेन्द्र साह, जसपाका वडा नं २१ का उम्मेदवार इन्जीनियर दिलिप महासेठ लगायतको उपस्थिति रहेको थियो ।