जनकपुरधाम : यही बैशाख ३० गते हुने स्थानीय तह को निर्वाचन मा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको मेयर पदमा जनता समजवादी  पार्टी  नेपालबाट डा. शत्रुधन यादवले  उमेदवारी दिनु भएको छ । चुनाव नजिकिँदै गर्दा प्रचारप्रसारलाई तिव्रता दिइएका छन् ।

वडा नं १ र २  मा घरदैलो कार्यक्रम गर्दै सर्वसाधारणहरु संघ भेटघाट गर्दै डा। शत्रुधन यादवले  भने कि मलाई जिताउनु हुन्छ भने लक्ष्मीनिया गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनछु ।

यादवले  भने कि म एउटा किसानको छोरा भएको कारणले गर्दा किसानको समस्या मलाई थाहा छ त्यसलाई कसरी समाधान गर्नु पर्छ सबै जानेको छु ।

मेयर पदका उमेदवार यादव आफ्नो एजेन्डालाई लिएर घरघरमा पुग्दै छन् । यस गाउँपालिका भित्र रहेको समस्यालाई समाधान गर्नको लागि काम गर्ने बताउनु भयो । मतदाताहरु संघ भेटघाट गर्दै भने लक्ष्मीनियालाई नमुना गाउँपालिका बनाउन को लागि छातामा भोट हाल्नु होस ।

घरदैलो कार्यक्रममा मेयर पदका उम्मेदवार डा. शत्रुधन यादव , उपमेयर पदकी विमला कुमारी यादव , वडा अध्यक्ष पदका उम्मेदवार,सदस्य पदहरुको उमेदवार लगायत समर्थकहरुको साथमा लिएर घरदैलो कार्यक्रम गरिरहेका छन् ।

लक्ष्मीनिया गाउँबासी भन्छन् कि अब गाउँपलिका अध्यक्षमा यादवलाई जिताउछौ । किन कि अहिलेसम्म किसानहरुको समस्या जस्ताको त्यस्तै रहेको छ ।

लक्ष्मीनिया गाउँपालिकामा अहिलेसम्म विभेदकारी ढंगले काम हुदै आएको स्थानीय भन्दैछन् ।

गा.पा अध्यक्षले  आफ्नो मान्छेको लागि मात्र काम गरेका छन् सर्वसाधारणको काम गरेका छैनन् स्थानीयले भन्दैछन् । त्यहि भएर गा।पा। अध्यक्ष  पदमा डा. शत्रुधन यादवको समर्थक बढी रहेका छन् ।