जनकपुरधाम। लक्ष्मीनिया  गाउपालिकाको अध्यक्ष पदका उम्मेदवारी दिएका गठबंधनका  उम्मेदवार  जसपा बाट डा. शत्रुधन यादव आफू निर्वाचित भए ग्रामीण वडाहरुको विकास विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लक्ष्मीनिया  गाउँपालिका वडा नम्बर १ सोहनीमा  मतदाताको घर घरमा घरदैलौका लागि पुगेका यादवले लक्ष्मीनिया गाउँपालिकाको विकासको  लागि ग्रामीण वडाहरुको विकास हुनु आवश्यक रहेको बताए ।

उनले भने ‘त्यसैले मेरो विशेष ध्यान ग्रामीण वडाको विकासमा रह्ने छ ।’ उपमेयर र वडाध्यक्षको उम्मेदवारहरु समेत वडा वडामा वचनवद्धता गरिरहेका होलान् उनीहरुको वचनवद्धता पूरा गर्न आफू सदैव तत्पर रह्ने बताए ।

वडाध्यक्षहरु जसपा पार्टीबाट र अन्य पार्टीबाट निर्वाचित भएपनि कुनै वडाध्यक्षसंग भेदभाव नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

यादवले लक्ष्मीनिया गाउँपालिकाको  विकासका लागि असल अभिभावकको चुनाव गर्न मतदाताहरुसंग आग्रह गरे । सोहनीमा  पुगेका यादवले मतदाताहरुको घरदैलोमा पुगेर उनीहरुसंग भलाकुसारी समेत गरेका थिए ।