जनकपुरधाम :  आउंदो स्थानीय तह निर्वाचनका लागि मेयर पदका लागि जनकपुरधाम उपमहानगरपालिकामा जनता  समाजवादीबाट मेयर पदका उम्मेदवार अग्रस्थानमा देखिएको छ ।

जनता  समाजवादी पार्टी (जसपा) पार्टी गठबन्धनका  उम्मेदवार  लालकिशोर साह  अग्रस्थानमा देखिएपनि र स्वतन्त्र उम्मेदवार जानकीराम साह, बलराम महतो  मनोज चौधरी पनि प्रतिष्पर्धामा रहेका छन ।

प्रतिष्पर्धामा अग्रस्थानमा रहेका जसपाका उम्मेदवार साह  सफल नेतृत्वकर्ता रहेको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साह वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष र बलराम महतो ठेकेदार  छन ।

जनकपुरधामका मतदाताहरु मधेशी जनताको हकहितको लडने जसपा नै रहेको र जसपाप्रति माहौल बन्दै गएकोले अहिलेसम्मको अवस्थामा मजबूत स्थितिमा रहेको छ । मुस्लिम समुदायपनि जसपा उम्मेदवार साहप्रति आकर्षित हुदै गएको कारण माहौल बन्दै गएको छ ।