जलेश्वर । जलेश्वर नगरपालिका वडा न.२ को वडाध्यक्ष पदका लागी उम्मेदवारी दिएका उम्मेदवारहरु बिच कडक प्रतिस्पर्धा हुने देखिएको छ ।

राजनीतिक दल का लागी प्रतिनिधित्व गर्ने उम्मेदवार का साथ-साथ स्वतन्त्र बाट उम्मेदवारी दिएका उम्मेदवारहरुको पनि लोकप्रियतामा कमी देखिएको छैन ।

तर मुख्यतः चर्चा मा रहेका उम्मेदवारहरु बिचको प्रतिस्पर्धा वडामा आकर्षण को विषय बनेको छ । आ-आफ्नै अनुमान र अनुभवलाई थाति राख्दै उम्मेदवारहरु को समिक्षा र आंकलन गर्न कोही पछि पडेको देखिदैंनन ।

गत निर्वाचनमा स्वंतत्र बाट जलेश्वर नगरपालिका वडा न.२ का लागी निर्वाचित भएका वडाध्यक्ष वरुण कुमार दहाल यस पाली जनता समाजवादी पार्टी मा प्रवेश गरि पुनः वडाध्यक्ष पदका लागी उम्मेदवारी दिएका छन ।

यता नेपाल कम्युनिष्ट पार्टी एमाले , लोकतांत्रिक समाजवादी पार्टी, ने.क.पा माओवादी केंद्र तथा नेपाली कांग्रेस बाट उम्मेदवारी दिएका क्रमशः उपेन्द्र चौधरी, शिवचन्द्र चौधरी, इसराफिल राईन, विजय साह रहेका छन ।

गत वर्ष को निर्वाचन लाई हेर्दा वडाअध्यक्ष पदका प्रबल दावेदार रहेका उम्मेदवार हरुमा वरुण कुमार दहाल,शिवचन्द्र चौधरी र उपेन्द्र चौधरी बिच निकटम प्रतिस्पर्धा चलेको थियो । जसमा स्वतन्त्र उम्मेदवार वरुण कुमार दहाल ले जित हात पार्न सफल भएका थिए ।

आउदो स्थानिय तहको निर्वाचनलाई हेर्दा पुनः यिनै प्रतिद्वंदि बिच कडा टक्कर हुने भएको देखिएको छ जसमा चर्चा ने.क.पा एमाले बाट उम्मेदवार रहेका उपेन्द्र चौधरी र ज.स.पा बाट उम्मेदवार रहेका वरुण कुमार दहाल बिचको प्रतिस्पर्धा झन कडा हुने भएको छ ।

ने.क.पा एमाले बाट उम्मेदवार रहेका उपेन्द्र चौधरीको लामो राजनीतिक यात्रा रहेको छ । जलेश्वर नगरपालिका वडा न.०२ मा चर्चामा रहेका प्रतिन्द्वन्दी हरु मध्य उपेन्द्र चौधरी को पनि चर्चा निकै बढि देखिएको छ ।

निर्वाचन कार्यालय ले सार्वजनिक गरेको २०७९ को अन्तिम मतदाता नामावली का अनुसार २ ओटा मतदान केंद्र रहेको जलेश्वर नगरपालिका वडा न.०२ का गणेश प्रा.वि. मा १४ सय ४१ र श्री ल.च.मु.मा.वि मा १५ सय १२ गरी कुल २९ सय ५३ मतदाता रहेका छन ।