काठमाडौं । काठमाडौं महानगरपालिकाको उप-मेयरमा नेकपा (एमाले)बाट उम्मेद्वारी दिएकी सुनिता डंगोलले आफूले चुनाव जिते महिलाहरुलाई महिनावारी बिदा दिने बताएकी छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा डंगोलले भनिन्, ‘महिनावारी हुँदा महिलालाई असह्य पीडा हुन्छ, कार्यालय जान गाह्रो हुन्छ, बिदा दिन नीति तथा कार्यक्रम बनाउँछु’।

महिलाहरुलाई कार्यकक्षमा सुरक्षित हुने वातावरणका लागि प्रबन्ध मिलाउने समेत उनले बताइन्। यस्तै, समान ज्यालाका लागि पनि आफूहरुले आवाज उठाउने उनको भनाई छ।