काठमाडौँ : यो स्थानीय तह निर्वाचनको इपिसेन्टर बनिरहेको चितवनमा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेका छन्।

चितवनको पूर्वी रत्ननगर नगरपालिकामा गठबन्धन दलहरुबीच विवाद बढिरहँदा कांग्रेस कार्यकर्ताको आक्रोश बढेको हो।

यो स्थानीय तह निर्वाचनको इपिसेन्टर बनिरहेको चितवनमा कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेका छन्।

वडा तह बाँडफाँटमा गठबन्धन दलहरुबीच असन्तुष्टि बढिरहेकाले बेला कांग्रेसको आक्रोश तोडफोडसम्म पुगेको हो।

बाँडफाट गर्दा वडा नम्बर १२ माओवादी केन्द्रको भागमा परेपछि असन्तुष्ट कांग्रेस कार्यकताहरुले पार्टीको कार्यालय तोडफोड गरेका हुन्।

उनीहरुले कार्यालयमा तालाबन्दी गरेका छन्। कार्यकर्ताहरुले तोडफोडपछि कार्यालयका कुर्सी टेबल र पार्टीको झण्डा सडकमा सडकमा निकालेर फ्याकिदिएका छन्।

कांग्रेसले नगर सचिव अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाएर चुनावी प्रचार थालेको थियो।

तर गठबन्धनका क्रममा माओवादीका सुन्दरमणि सुवेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय भएपछि बुधबार बिहानैदेखि कांग्रेसका कार्यकर्ता आक्रोशित भएका छन्।