मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा शंकास्पद वस्तु भेटिएको छ । नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै मकैबारीमा तारजडित अवस्थामा प्रेसर कुकर भेटिएको हो ।

ढकाल वडा सदस्यका उम्मेदवार हुन् । मकैबारीको डिलमा प्रेसरकुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

शंकास्पद वस्तु तारजडित प्रेसरकुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौं’ भन्ने लेखेर टाँसिएको छ । घटनास्थलमा नेपाली सेना पुगेर उक्त शंकास्पद वस्तु निष्क्रिय पार्ने प्रहरीले जनाएको छ ।