जनकपुरधाम । धनुषामा नेपाल प्रहरीका दुई जना पूर्वअधिकारी चुनावी मैदानमा उत्रेका छन् ।

एक जना सेवानिवृत्त प्रहरी नायव उपरीक्षक (डीएसपी) र अर्काे वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

केही महिनाअघि मात्रै डीएसपीबाट सेवानिवृत्त भएका महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा र पूर्वएसएसपी गोविन्द साह विदेह नगरपालिकाको मेयरमा चुनावी मैदानमा छन् । महतोले नेपाली कांग्रेसबाट टिकट पाएका छन् ।

साहले पनि कांग्रेसबाटै टिकट पाउने आशमा केही महिनाअघि एसएसपीबाट राजीनामा दिएका थिए । तर, अन्तिम समयमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर उनी घरदैलोमा व्यस्त छन् ।