जनकपुरधाम, बैशाख २३ गते ।

मिथिला नगरपालिकामा नेकपा एमाले परित्याग गरि दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनको एक साता मात्र बाँकी रहेको समय एमालेमा असन्तुुष्ट रहेका नेता तथा कार्यकर्ताहरु शुक्रवार कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेबाट हरिनारायण महतोलाई टिकट नदिएपछि उनीहरु असन्तुष्ट भएका थिए ।

शुक्रवार एमालेका नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्र महतो कांग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै नेकपा एसका मुजिम राइन, लोकतान्त्रिक समाजवादी पार्टीबाट शत्रुधन महतोले पार्टी छाड्दै कांग्रेसमा प्रवेश गरेका हुन् ।

केही दिन अघि एमालेमा टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले एमालेका सचिव रघुविर महासेठलाई कालोमोसो दल्ने प्रयास समेत गरेका थिए ।

 

केही दिन अघि उम्मेदवारी दर्ता पश्चात चुनाव परिचालन मूल कमिटीको बैठकमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुले एमालेका सचिव रघुविर महासेठलाई कालोमोसो दल्ने प्रयास समेत गरेका थिए ।